नियम १२२
पुनरावेदन सुन्ने अधिकारी समक्ष पठाउनेः
नियम ११८ बमोजिम पुनरावेदन प्राप्त गर्ने कार्यालय वा अधिकारीले पुनरावेदनलाई सम्बन्धित अभिलेख सहित तथा पुनरावेदन गरिएको आधारको बारेमा आफ्नो विचारसमेत खोली पुनरावेदन गरेको पन्ध्र दिनभित्र पुनरावेदन सुन्ने अधिकारी समक्ष पठाउनु पर्नेछ ।